बेलडाँडी गाउँपालिकाका कर्मचारीद्वारा सेवा अवरुद्ध
ढिलो आएकोले अध्यक्षद्वारा कार्यालय प्रवेशमा रोक
महेन्द्रनगर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका कर्मचारीले मंगलबार सेवा अवरुद्ध पारेका छन्।
सोमबार कर्मचारीहरु कार्यालय समयमा नआएपछि गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए। सोमबार कार्यालय प्रवेश नपाएका कर्मचारीहरुले मंगलबार कार्यालयको सेवा अवरुद्ध गरेका हुन्। कर्मचारीहरुले अध्यक्ष रानाले आफूरुहरुको अपमान गरेको भन्दै मंगलबार सेवा अवरुद्ध गरेका हुन्।
उनका अनुसार ४० जना कर्मचारीमध्ये कार्यालय समयमा ४ जना मात्रै उपस्थित थिए। सोमबार कार्यालयबाट फिर्ता भएका कर्मचारीहरु त्यसको विरोधमा मंगलबार उत्रिएका छन्।
गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत पदमराज जोशीले सेवा सुचारु भइसकेको बताए। 'हिजोको विषयमा केही असमझदारी थियो अहिले सहमति भएर कर्मचारी काममा फर्किसकेका छन्', उनले भने। कर्मचारीहरुले सेवा ठप्प पारेपछि दुई दिनदेखि गाउँपालिकाको काम प्रभावित बनेको छ।