स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

नेपालगञ्ज  : बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  

युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ । भारतको बहराइच  जिल्लाका  ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो ।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य रु दुई लाख रहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.