धरानका उपमेयरको घर तोडफोड गर्ने ८ जना पक्राउ

धरानका उपमेयरको घर तोडफोड गर्ने ८ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाको घर तोडफोड गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका केही अराजक समुहले बेघाको घर तोडफोड गरेका थिए। 

प्रहरीले उपमेयर  बेघाका भाइ बिष्णु बेघासहित ८ जनालाई पक्राउ गरी नियन्त्रणमा लिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। 
उपमेयरका भाइ बिष्णुको समुह र सन्देश राईको समूहबीच झडप भएको थियो। दुबैतर्फको झडपमा खुकुरी प्रहारबाट सन्देश राई गम्भीर घाइते भएका छन्। शरीरका विभिन्न भागमा चोट लागेका उनको बीपी प्रतिस्ठानमा उपचार भैरहेको छ। 

पक्राउ पर्नेमा सञ्जिव राई, सुरज तामाङ, मेनल तामाङ, राजकुमार लिम्बू, दिपेन्द्र राई, अमृत तामङ, अनिल राई रहेका एसपी रेग्मीले बताए।  उपमेयर बेघाले आफ्नो घर आक्रमण गर्ने सबैलाई कडा कारवाही गर्न माग गरेका छन्। 

उनले घर तोडफोड गर्ना साथ धरान प्रहरीलाई जानकारी गराएको भए पनि समयमा प्रहरी नआएको गुनासो गरेका छन्। घटनापश्चात् सुनसरी प्रहरी प्रमुख रेग्मी इनरुवाबाट धरान आएर प्रहरी परिचालन गरी आक्रमणकारीलाई पक्राउ गरेका थिए। प्रहरीले बेघाको घर आक्रमण गर्नेलाई सार्वजनिक भने गरेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.