सेयर बजारमा उचारचढाव, नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

सेयर बजारमा उचारचढाव, नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

काठमाडौं : सेयर बजारको चौथो दिन कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ। मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार भने तीव्र उचारचढावका बीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो।

सेन्सेटिभ इण्डेक्स  ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ। 

आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड  ५५ लाख २१ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भयो। मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको थियो।  सो दिन २७६ कम्पनीको  ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख  ५७ हजार  ५१५ रुपैयाँमा खरिदबिक्री भयो।

सोमबार नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको थियो। सो दिन  १ अर्ब  ५१ करोड ८३ लाख  ४३ हजार  ३९७ रुपैयाँको सेयर खरिदबिक्री भयो। 

साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ७ करोड २२ लाख बराबरको सेयर कारोबार भएको थियो। यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो।  सो बैंकको ७ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सोल्टी होटलको ६ करोड ७० लाख र इभरेष्ट बैंकको ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।

१३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।  आज हाइड्रोपावर उपसमूहको उपसूचक सर्वाधिक ३ प्रतिशतले बढ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.