हालेपलाई चार वर्ष प्रतिबन्ध

हालेपलाई चार वर्ष प्रतिबन्ध
सुन्नुहोस्

लन्डन : दुई पटककी ग्रान्ड स्लाम विजेता सिमोना हालेप चार वर्षका लागि प्रतिबन्धमा परेकी छन्। रोमानियाकी टेनिस स्टार हालेपलाई एन्टी डोपिङ नियमको उल्लंघन  गरेको आरोपमा चार वर्षका प्रतिबन्ध गरिएको हो। एक स्वतन्त्र न्यायिक निकायले हालेपले जानीजानी एन्टी डोपिङ नियमको उल्लंघन गरेको ठहर गर्दै चार वर्षको प्रतिबन्ध लगाएको हो। 

सन् २०१८ मा फ्रेन्च ओपन र २०१९ मा विम्बल्डनको उपाधि जितेकी हालेपले आफूमाथि लगाइएको प्रतिबन्धका विरुद्ध खेलकुदको उच्च न्यायिक निकाय ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (सीएएस) मा अपिल गर्ने बताएकी छन्। ‘म अहिले पनि निरन्तर रुपमा प्रशिक्षण लिइरहेको छु। ममाथि एक्कासी प्रतिबन्ध लगाइउको खबर सुन्दा स्तब्ध भएको छु। ममाथि लागेको झुटो आरोपको डटेर सामना गर्नेछु’, उनले भनेकी छन्। 

पूर्व विश्व नम्बर एक हालेपको गत वर्ष डोपिङ परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो। गत वर्ष अमेरिकी (यूएस) ओपन टेनिस प्रतियोगिताका दौरान उनले प्रतिबन्धित औषधी रोक्साडुस्ट्याट प्रयोग गरेको पाइएको थियो। सन् २०२२ मा पनि हालेपले एन्टी डोपिङको नियम उल्लंघन गरेको आरोप लागेको थियो। उनले नियमित रुपमा डोपिङ परीक्षणमा सहभागी नभएको पाइएको थियो। तर, त्यतिबेला गरिएको परीक्षणमा उनको पिसावमा रोक्साडुस्ट्याट पाइएको थिएन। रोक्साडुस्ट्याटको सेवनले रातो रक्त कोशिका उत्पादन क्षमतालाई उत्तेजित पार्ने जनाइएको छ। 

हालेपलाई सन् २०२२ को अक्टोबरदेखि अस्थायी निलम्बन गरिएको थियो। चार वर्षको प्रतिबन्ध उनको अस्थायी निलम्बनदेखि नै गणना हुने भएको छ। हालेप सन् २०२६ को अक्टोबर ७ सम्म कार्ट बाहिरै रहनेछिन्। त्यतिबेला उनी ३५ वर्षको हुनेछिन्। 

हालेपले यो निर्णयका विरुद्ध अन्तिमसम्म लडाईं लडिरहने बताएकी छन्। ‘गत वर्ष मेरो खेल जीवनकै कठिन वर्ष रह्यो। ममाथि नसोचेको बज्रपात आइलाग्यो। मैले मेरो सम्पूर्ण जीवन टेनिसलाई समर्पित गरिसकेको छु। म यसबाट कहिले पनि टाढा हुन सक्तिनँ। तर, म आफ्नो लडाईं छाड्दिनँ। अन्तिमसम्म पनि लडिरहने छु’, सन् २०१७÷१८ मा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी हालेपले भनिन्, ‘मैले कहिल्यै पनि जानीजानी कुनै पनि प्रतिबन्धित औषधीको सेवन गरेको छैन। त्यसैले यो निर्णयको डटेर सामना गर्नेछु।’

हालेपले सन् २०२२ को हार्ड कोर्ट सिजन अघि टिमको सिफारिसमा सप्लिमेन्ट लिएको र त्यसमा प्रतिबन्धित कुनै पनि सामग्रीको प्रयोग नभएको बताएकी छन्। तर, ती सप्लिमेन्टमध्ये एउटा सामग्रीमा रोक्साडुस्ट्याट मिलाइएको पाइएको उनले दाबी गरिन्। सप्लिमेन्ट उत्पादन कम्पनीलाई पनि कानुनी प्रक्रियामा ल्याउनका लागि तयारी गरिरहेको उनले जानकारी दिइन्। ‘सन् २०२३ को सुरुवातको परीक्षण नेगेटिभ आएको थियो। तर, त्यसपछिका साप्ताहिक परीक्षणहरू भने लगातार पोजेटिभ देखिएको थियो’, उनले भनिन्, ‘म स्वच्छ र निष्पक्ष खेलमा विश्वास गर्दछु। एक खेलाडीका रुपमा दुई दशक बिताएको छु। सयौं प्रतियोगिता खेलेको छु भने दुई वटा त ग्रान्डस्लाम नै जितेको छु। मेरो शरीरमा पाइएको भने रोक्साडुस्ट्याटको परीक्षणका लागि दुई सयभन्दा बढी रक्त परीक्षण गरेको थिएँ। लगभग त्यही मात्रामा पिसावको पनि परीक्षण गरेको थिएँ। ती सबै नेगेटिभ पाइएको थियो।’ प्रोफेसनल टेनिस प्लेयर संघले हालेपको परीक्षण पटकपटक ढिला गरिएको उल्लेख गर्दै हालेपको कानुनी लडाईंमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.