नेम्वाङको निधनप्रति एमाले संसदीय दलको बैठकमा शोक प्रस्ताव पारित

नेम्वाङको आसन खाली

नेम्वाङको निधनप्रति एमाले संसदीय दलको बैठकमा शोक प्रस्ताव पारित
तस्बिर : ओली सचिवालय

काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठकले शोक प्रस्ताव पारित गरेको छ। बिहीबार अपरान्ह संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो। 

एमालेले दिवंगत पूर्व सभामुख तथा संविधान सभाका अध्यक्ष नेम्वाङको फोटो राखेर बैठकमा शोक प्रस्ताव पारित गरेको हो। यस अगाडि संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओली र नेम्वाङ एकै ठाउँ बस्ने गरेका थिए। तर बिहीबार बैठकमा नेम्वाङ बस्ने आसन खाली राखिएको थियो। बैठकमा सांसदहरु भावुक बनेका थिए।

null

प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख देवराज घिमिरेले बैठकमा राखेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो।

बैठकले प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। राष्ट्रिय सभाले पनि वर्तमान प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको थियो।

मंगलबार बिहान १:४० बजे निधन भएको नेम्वाङ आज बिहान अन्तिम दाहसंस्कार गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.