१९ औँ एसियाली खेलकुद खेल्ने खेलाडीको बिदाई

खेलाडीका लागि घोषणा गरिएको पुरस्कार रकम शुक्रबारको मन्त्रिपरिषद् बैठकले निकासा गर्ने

खेलाडीका लागि घोषणा गरिएको पुरस्कार रकम शुक्रबारको मन्त्रिपरिषद् बैठकले निकासा गर्ने
तस्बिर : प्रधानमन्त्री सचिवालय

असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछन्।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले खेलाडीका लागि घोषणा गरिएका पुरस्कार रकम शुक्रबार बस्ने मन्त्रिपरिषद्को बैठकले निकासा गर्ने बताएका छन्। १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक र नीतिका कारण घोषित पुरस्कार निकासामा ढिलाई नभएको भन्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सबै रकम निकासा गर्ने बताएका हुन्।

null

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने धारणा राखे।

null

असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङ्झाओमा आयोजना गरिएको १९ औँ एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता रहनेछन्। जसमा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। 

nullnull


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.