नुवाकोटका विद्यालयमा बालिका शिक्षा कार्यक्रम

नुवाकोटका विद्यालयमा बालिका शिक्षा कार्यक्रम
सुन्नुहोस्

नुवाकोट : नुवाकोटका विद्यालयमा बालिका शिक्षा कार्यक्रम सुरु गरिएको छ। यस कार्यक्रममा पाँच सय बढी बालिकाहरू आबद्ध रहेका छन्। विदुर नगरपालिकाका ८ वटा विद्यालयमा बालिका शिक्षा पनि लागू भएको हो। 

बालिकाहरूलाई न्यूनतम १२ कक्षासम्म उत्तीर्ण गराउने र उनीहरूलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले सञ्चालित यस कार्यक्रममा ५ सय २२ जना बालिकाहरू संलग्न छन्। विदुर नगरपालिका र रूम टु रिडको साझेदारीमा सञ्चालित विद्यालयमा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएको हो। यसका साथै विदुरका अन्य १२ सामुदायिक विद्यालयमा नगरपालिकासँगको लागत साझेदारीमा साक्षरता कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। 

साक्षरता कार्यक्रम लागू भएका विद्यालयका कक्षा १ का बालबालिकाहरूको नेपाली पढाइस्तर ज्यादै फरक देखिएको छ। विद्यार्थी सिकाई परीक्षणले साक्षरता कार्यक्रम लागू भएका विद्यालयका ८६ प्रतिशत बालबालिकाले दिइएको पाठ पढ्न सके भने कार्यक्रम लागू नभएका विद्यालयका ३१ प्रतिशत बालबालिकाले सोही पाठ पढ्न सकेको देखाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.