बागमती प्रदेश सभाको बैठक स्थगित
हेटौंडा : बागमती प्रदेश सभाको बैठक शनिबार बस्ने भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक शनिबार बिहान ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले विशेष कारणले शुक्रबारको बैठक चल्न नसक्ने भन्दै शनिबारका लागि बैठक बोलाउन निर्देशन दिएका थिए । सोही अनुसार सचिवालयले सूचना जारी गर्दै प्रदेशसभा बैठक सरिएको सचिवालयका प्रवक्ता मनोज गुप्ताले बताए ।
सचिवालयका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेश सभामा पेस भएका विधेयकहरूलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।