मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। मन्त्रिपरिषद् बैठकले खेलाडीका लागि घोषणा गरिएका पुरस्कार रकम निकासा गर्ने प्रचण्डले जानकारी दिएका छन्। 

१९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गर्न बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केही प्राविधिक र नीतिका कारण घोषित पुरस्कार निकासामा ढिलाई नभएको भन्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले सबै रकम निकासा गर्ने बताएका थिए।

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार न्युयोर्क जाँदै छन्। प्रचण्ड अमेरिका हुँदै चीन भ्रमणमा जाँदैछन्। आजको बैठकले भ्रमणमा हुने विषयवस्तुका बारेमा थप छलफल हुनेछ।   प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित काम कारबाहीको विषयमा पनि निर्णय गर्न  मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.