‘नेपालको हवाइ सुरक्षामा सबैको गम्भीर चासो हुनुपर्छ’

प्रधानमन्त्री प्रचण्डद्वारा नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवन उद्घाटन
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवनको शुक्रबार उद्घाटन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहबीच नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हवाइ सुरक्षामा सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्ने बताएका छन्। उनले भने,‘नेपालको हवाइ सुरक्षामा हामी सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्दछ। प्राधिकरणको तर्फबाट हवाइ सुरक्षाका निम्ति महत्वपूर्ण प्रयासहरू भएका छन्, यद्यपि, ती प्रयासहरू जोखिम न्यूनिकरणका दृष्टिले पर्याप्त छैनन्। ‘आइसिएओ’ले प्रतिपादन गरेको हवाइ सुरक्षा सम्बन्धी विश्वव्यापी मापदण्डप्रति नेपाल प्रतिवद्ध रहेको विश्वास दिलाउँदै यसका लागि नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारमा ठोस पहल लिइनेसमेत स्पष्ट गर्दछु।’null

विगतमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप २ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भई उद्घाटनसमेत भइसकेको बताए । उनले सञ्चालनमा आइसकेका  विमानस्थलहरू पूर्ण कार्यक्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको जानकारी गराए। उनले भने,‘पहाडी जिल्लाहरूसहित देशभरिमा ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेका छन्, यद्यपि यी विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ। प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा थप मेहेनत गर्ने विश्वास लिएको छु।’

त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको जानकारी पाउँदा खुसी लागेको बताए। उनले कामलाई तीव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई निर्देशित दिए। प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताए । उनले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइनेसमेत म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। पूर्वाधार विकास र हवाइ सुरक्षामा प्राधिकरणले लिएको पहलप्रति आभार व्यक्त गर्दछु।’

null

प्राधिकरणको ३० रोपनी जग्गामध्ये करिब १२ रोपनी क्षेत्रफललाई विकास गरी ४ रोपनी २ आना जग्गामा १८ हजार ७ सय २१ वर्गमिटर बिल्टअप एरिया भएको तीनतले बेसमेन्टसहित १२ तले भवन निर्माण सम्पन्न भएको हो।

यस भवनको निर्माणकार्य प्राधिकरणले आफ्नै स्रोतमा मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८० करोड खर्च गरी नेपालकै एक आधुनिक सुविधायुक्त, कार्यालय भवन निर्माण गरेको हो। यस भवनमा कर्मचारी तथा सेवाग्राहीहरूलार्ई सहज रूपमा सेवा प्रवाह गर्ने तथा सेवा लिने अन्तर्राष्ट्रिय स्तरको वातावरण उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ। 

यस भवनको दुईवटा बेसमेन्टमा ६५ वटा कार, १ सय २० वटा मोटरसाइकल तथा २४ वटा साइकल पार्किङ गर्ने क्षमता भएको र फरक क्षमता भएका व्यक्तिमैत्री हुने गरी निर्माण गरिएको छ। यस भवनमा चार वटा लिफ्ट, सार्वजनिक सुनुवाइ प्रणाली, आगो नियन्त्रण गर्ने प्रणाली, सीसीटीभीलगायत अत्याधुनिक प्रविधि जडान गरिएको छ।  पूर्णरूपमा वातानुकूलित कक्षहरूमा करिब ४ सय जना कर्मचारीले दैनिक कार्य गर्न सक्ने गरी निर्माण गरिएको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.