एकै परिवारका तीन जनाको हत्या

गैह्रीगाउँमा हत्या गरिएका चार जनाको सनाखत, एक जना पक्राउ

गैह्रीगाउँमा हत्या गरिएका चार जनाको सनाखत, एक जना पक्राउ

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनाली जानकारी दिए।

गएराति ११:५५ दुई महिला र दुई पुरुषको हत्या भएको जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। मैनालीका अनुसार काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको मैनालीले जानकारी दिए। 

null

प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्‍टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ। उक्त स:मिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन्। प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्‍त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता मैनालीले भने, ‘प्रारम्भिक अनुसन्धानमा परिवारकै सदस्यबाट हत्या भएको देखिएको छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। लेनदेनको घटना हालसम्म भएको पाइएको छैन। अनुसन्धान जारी छ।’null
तस्बिर : अभिषेक महर्जन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.