चारै जनाको शव पोष्‍टमार्टमको लागि शिक्षण अस्पतालमा, तालिमप्राप्त कुकुरसहित अनुसन्धान जारी

गैह्रिगाउँ हत्याकाण्ड

चारै जनाको शव पोष्‍टमार्टमको लागि शिक्षण अस्पतालमा, तालिमप्राप्त कुकुरसहित अनुसन्धान जारी
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा गएराति भएको एकै परिवारका ३ सहित चार जनाको हत्या प्रकरणको तालिमप्राप्त कुकुरसमेत लगेर प्रहरीले अनुसन्धान सुरू गरेको छ। दिव्य सः मिलमा सुरक्षा गार्डमा कार्यरत दोलखाका कुमार भुजेलको परिवारसहित चार जनाको हत्या भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनाली जानकारी दिए। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ। घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्‍त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको मैनालीको भनाई छ।

प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार घटनापश्चात काठमिलमा यस अगाडि काम गर्दै आएका कामदारका छोरा दीपेन्द्र राई मध्यरातमा ट्याक्सी चढेर तिनकुने प्रहरी वृत्तमा पुगेका थिए।

मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको मैनालीले जानकारी दिए। मुचुल्का लगायतको कार्य सम्पन्न गरी चारै जनाको शव पोष्‍टमार्टमको लागि त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्‍ज लगिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता मैनालीले भने, ‘प्रारम्भिक अनुसन्धानमा परिवारकै सदस्यबाट हत्या भएको देखिएको छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। लेनदेनको घटना हालसम्म भएको पाइएको छैन। अनुसन्धान जारी छ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.