संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रिया टुङ्गाउनका लागि अपिल गर्छु :  प्रचण्ड

संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्ति प्रक्रिया टुङ्गाउनका लागि अपिल गर्छु :  प्रचण्ड
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुङ्गाउनका लागि अन्तराष्ट्रिय समूदायसँग अपिल गर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पोष्टबहादुर बोगटीको नवौं स्मृति कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गाएर सफल उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै यसका लागि अन्तराष्ट्रिय समूदायसँग अपिल गर्ने बताएका हुन्।

null

जलवायु परिवर्तनले नेपाल जस्तो पर्वतीय मुलुकमा पारेको असरप्रति पनि अन्तराष्ट्रिय समूदायको ध्यानाकर्षण गराइने उनको भनाई छ।

प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा दुई पक्षीत हित लगाएत भौतिक पूर्वाधार , ऊर्जा क्षेत्र नयाँ नाका खोल्ने, कृषि क्षेत्र र व्यापार घाटाका बिषयमा छलफल हुने र केहि बिषयमा सहमति र समझदारी बन्ने जिकिर गरे। आफ्नो भ्रमण राष्ट्रिय हितलाई केन्द्रमा राख्ने गरि नै हुने उनको भनाई छ।

प्रचण्डले आफूले सरकारको नेतृत्व गरिरहँदा सुशासन समृद्धि लगाएतमा नयाँ फड्को हान्नका लागि तयारी गरिरहेको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.