नुवाकोटको शिवपुरीमा अध्यक्षसँग वृद्धवृद्धा कार्यक्रम
नुवाकोट : नुवाकोटको शिवपुरीमा अध्यक्षसँग वृद्धवृद्धा कार्यक्रम सञ्चालन भएको छ। सो कार्यक्रममा सेवा क्षेत्रमा रहेका ६० वर्षमाथि उमेरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, औषधिको व्यवस्थापन लगायतका सेवा राखिएको छ।
केन्द्र तथा प्रदेश सरकारबाट पाउने ९८ प्रकारका औषधिबाहेक सुगर, प्रेसरसहित १६ प्रकारको औषधि निःशुल्क वितरण गरिएको अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए। स्थानीय सिक्रे स्वास्थ्य चौकीबाट सो सेवा सुरु भएको गाउँपालिकाले जनाएको छ।