गोहीको आक्रमणबाट मृत्यु
भरतपुर : चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
उनकाअनुसार शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको हो। उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए। - रासस