अर्घाखाँचीमा ६६ करोड बजेट फ्रिज
सन्धिखर्क : अर्घाखाँची जिल्लामा संघीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालूतर्फको ६५ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ। आर्थिक वर्ष २०७९/०८० मा अर्घाखाँची जिल्लामा संघीय तथा प्रदेश सरकारको पुँजीगत र चालूतर्फको विनियोजित बजेटमध्ये ६५ करोड ९९ लाख ९३ हजार रुपैयाँफ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीका कोष नियन्त्रक राजु पाण्डेले बताए।
नियन्त्रण कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेश सरकारको पुँजीगत तर्फको १ अर्ब ३३ करोड ६५ लाख ८९ हजार विनियोजित बजेटमध्ये २० करोड ५६ लाख ६२ हजार रुपैयाँ बजेट फ्रिज भएको हो।
चालूतर्फ ६५ करोड ५३ लाख २१ हजार रुपैयाँँ विनियोजित बजेटमध्ये १३ करोड २ लाख ७६ हजार रुपैयाँ बजेट फ्रिज भएको छ। यस्तै संघीय सरकारको चालूतर्फको ५ अर्ब ३९ करोड २१ लाख ६५ हजार रुपैयाँँ विनियोजित बजेटमध्ये १८ करोड ५३ लाख ७५ हजार रुपैयाँ बजेट फ्रिज भएको छ।