सुनौलो रङको कछुवासहित ६ जना पक्राउ

सुनौलो रङको कछुवासहित ६ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रे पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। 

टोखा नगरपालिका-५ स्थितमा अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.