म्याग्दीमा आलु उत्पादन बढ्यो,  वार्षिक ६ करोड बढी मूल्यको निकासी

म्याग्दीमा आलु उत्पादन बढ्यो,  वार्षिक ६ करोड बढी मूल्यको निकासी
म्याग्दीको मंगला–३ झाँक्रीपानीमा आलु खन्दै । तस्बिर : सन्तोष गौतम

बेनी : म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा ६.३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । 

केन्द्रका निमित्त प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष जिल्लाभर एक हजार ६५० हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २५ हजार ४१० मेट्रिक्टन उत्पादन भएको जानकारी दिए । 

‘अघिल्लो वर्ष एक हजार १४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएकोमा २३ हजार ७९३ मेट्रिक्टन उत्पादन भएको थियो,'उनले भने, ‘क्षेत्रफल विस्तारसँगै आलुको उत्पादन बढेको हो ।’ 

स्थानीय तहहरूले आलु खेतीको पकेट क्षेत्र,कृषि ज्ञान केन्द्रले बल्क र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आलु जोन कार्यक्रममार्फत् आलु खेती विस्तार गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत् ५०० रोपनी क्षेत्रफलमा आलु खेतीको कार्यक्रम सञ्चालन भएको थियो । 

null

खेती गर्ने, भित्र्याउने समयमा अनुकूल मौसम र रोगकिराको समस्या नभएकाले पनि आलुको उत्पादन गत वर्षको तुलनामा बढेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक फासबहादुर पुर्जाले बताए ।  
‘अघिल्लो वर्ष ऐजुरु रोगले आलुको बोट र दानामा असर गरेकाले उत्पादन आधाले घटेको थियो,’उनले भने, ‘नयाँ बिउ लगाएको हुँदा यसपाली आलु राम्रो फलेको छ ।’

उनले एउटै दाना एक किलो बराबर तौल भएको आलु उत्पादन भएको जानकारी दिए । म्याग्दीको तल्लो क्षेत्रमा हिउँदे र उच्च पहाडी लेकाली क्षेत्रमा बर्खे आलु खेती हुन्छ ।  अन्नपूर्ण गाउँपालिको शिख, घार, राम्चे, हिस्तान, रघुगंगाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमंगले, कुइने मंगलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरीको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन् । 

नागी राम्चेबाट वार्षिक दुई करोड रुपैयाँ मूल्य बराबरको आलु निकासी हुने गरेको छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा,काठमाडौंलगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो । जिल्लावाट वार्षिक ६ करोड भन्दा बढी मूल्यको आलु निकासी हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।  

null

उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक्टनभन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी ५० देखि १०० सम्ममा आलु बेच्ने गरेका छन् । व्यापारीले अग्रिम पेस्कि दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो,कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्ययवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ । 

कृषि ज्ञान केन्द्रमार्फत् यसअघि रघुगंगा गाउँपालिका–८ कुइनेमंगले र मंगलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यवसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बिमलाई आलु बल्क कार्यक्रममा समावेश गरिएको छ । 

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रर्वद्धन आयोजनाअन्तरगत म्याग्दीमा १२५ हेक्टर क्षेत्रफलमा खायन आलु उत्पादन प्रर्वद्धन कार्यक्रमका लागि तीन करोड रुपैयाँ बजेट पठाएको निमित्त प्रमुख बास्तोलाले बताए ।

खायन आलु कार्यक्रमका लागि कम्तिमा दश घरधुरी संलग्न भइ न्युनतम ३० रोपनी क्षेत्रफलमा कृषक समूह र सहकारीमार्फत् आलु खेती गर्नुपर्ने सर्तसहित प्रस्ताव आह्नान  गरिएको छ । 

स्थानीय बिउ प्रयोग गरेर आलु खेती विस्तार र उपभोगका लागि बिक्री वितरण गर्ने चक्र चलाउने खायन आलु उत्पादन कार्यक्रमको उद्देश्य हो । स्थानीय जातको आलुको संरक्षण, खेती विस्तार र आयआर्जन वृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.