'वन्ली चोकोफन' नारा सहित चोकोफनको नयाँ बिज्ञापन अभियान

काठमाडौं : सुजल फूड्स प्रा. लि. ले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान शुरु गरेको छ । 'वन्ली चोकोफन'भन्ने संदेश बोकेको यस बिज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।
चोकोफनले बिगत दुई दशक भन्दा बढी समयदेखि ग्राहक वर्गमा मिठास छर्दै आएको छ । यस बिज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई'वन्ली चोकोफन' को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ । बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा 'वन्ली चोकोफन' छ भन्ने अभिप्राय बोकेको यस बिज्ञापन अभियानको प्रबर्धन टेलिभिजन, रेडियो, डिजिटल मीडिया तथा सामाजिक संजाल मार्फत प्रबाह गरिएको छ ।
बालबालिकाहरुले यस बिज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर 'वन्ली चोकोफन' नारा सहित चोकोफनको नयाँ बिज्ञापन अभियान को टेलिभिजन बिज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ । बिज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै इलथि ऋजयअयागल नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।
बिगत चार दशकदेखि उत्कृष्ट Confectionary उत्पादन गर्दै आएको Certified कम्पनी सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । Crispy / Crunchy वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ ।
यस बिज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतः विश्वस्त छ ।
प्रतिक्रिया दिनुहोस !
