‘वान बाई मेटलाइफ’ एप सार्वजनिक

‘वान बाई मेटलाइफ’ एप सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : मेटलाइफ नेपालले मोबाइल एप ‘वान बाई मेटलाइफ’ सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरू एकै प्लेटफर्ममा संयोजन गरि देशमै पहिलो किसिमको मोवाइल एप वान बाई मेटलाइफ सार्वजनिक गरेको हो।

एपको शुभारम्भ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठद्वारा काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममार्फत गरिएको हो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनामकी प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख माकेटिङ्ग अधिकृत सन्जिव कपुर, एसिया वितरण प्रमुख योङ्ग हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ्ग तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति रहेको थियो।

वान बाई मेटलाइफले बीमा पोलिसीहरूलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरूलाई उनीहरूको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउँछ। मेटलाइफका ग्राहकहरू आजैदेखि एपमा दर्ता भई आफ्नो बीमा पोलिसीका वारेमा सूचनाहरू प्राप्त गर्न, मेटलाईफका विभिन्न बीमा सुविधा तथा सेवाहरूका बारेमा खोजी गर्न, बीमा सुविधाका प्रीमियम गणना गर्न, एजेन्टहरूलाई सम्पर्क गर्न र थप जानकारीका लागि कम्पनीसँग जोडिन सक्छन्।

वान बाई मेटलाइफको एपमा रहेको ३६० हेल्थ सुविधाले स्वास्थ्य सेवा समाधानहरूलाई डिजिटल बीमा सेवाहरूसँग सहज रुपमा एकीकृत गरेको छ। ३६०हेल्थ प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्य र स्वकल्याणका लागि मद्दत गर्न र सोको सक्रिय रुपमा प्रबन्ध गर्न मिलोस् भनि श्रृजना गरिएको हो। यसको अर्को उद्देश्य भनेको प्रयोगकर्ताहरू लामो समयसम्म स्वस्थ रहन सकुन् भन्ने पनि हो। नेपालमा एक चौथाई जनसंख्या उच्च रक्तचापबाट पीडित छन् र क्यान्सर, हृदय रोग र पक्षघात जस्ता गम्भिर रोगहरू मृत्युको प्रमुख कारणहरू हुन्।

३६० हेल्थ प्रयोग गर्ने मेटलाइफका ग्राहकहरूले आफ्नो हृदयको गति, रक्तचाप, तथा स्वास्थ्य विवरणहरूको निगरानी विनाहको कृत्रिम बौद्धिकता (Binah’s artificial intelligence) द्वारा सञ्चालित स्वास्थ्य जोखिम मूल्यांकन सुविधामार्फत राख्न सक्छन्। यसबाट उनीहरूले अपोइन्टमेन्ट बुकिङ्ग, घरमै परिक्षण, एम्बुलेन्स सेवा, भर्चुअल चिक्त्सिक परामर्श तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट दोस्रो राय लिने जस्ता सेवाहरूको उपभोग समेत गर्न सक्छन्। यसमा गैरग्राहकहरूका लागि पनि विभिन्न सेवाहरू उपलब्ध रहेका छन्।

बृहत नेपाली जनताका लागि थप आत्मविश्वासी, स्वस्थ भविष्य निर्माण गर्ने नेपालको लक्ष्यलाई मेटलाइफले समर्थन गर्न पाउनु आफैमा गौरवको विषय रहेको महाप्रबन्धक श्रेष्ठले जनाउनु भएको छ। उनका अनुसार वान बाई मेटलाइफ र ३६० हेल्थको सफल शुरुवातसँगै कम्पनीले आफ्नो ग्राहक सेवामा क्रान्ति ल्याउने र देशभरका लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवाहरूमा एउटै एपमार्फत सहज पहुँच दिने लक्ष्य राखेको छ।

कोरिया, चीन, अष्ट्रेलिया, बंगलादेश र संयूक्त अरब इमिरेट्सका उपभोक्ताहरूका लागि पहिले नै उपलब्ध रहेको पुरस्कार विजेता ३६०हेल्थ सार्वजनिक गर्ने नेपाल एसियाको सबैभन्दा नयाँ बजार हो। यस एपले यी देशहरूमा २५ भन्दा बढी पुरस्कारहरू जम्मा गरेको छ। 

कार्यक्रममा बोल्दै मेटलाइफ एसियाका प्रमुख मार्केटिङ्ग अधिकृत सन्जिव कपुरले ३६० हेल्थको विश्वव्यापी विस्तार भनेको मेटलाइफले आफ्ना ग्राहकहरूको जीवनमा ल्याउने मूल्यको प्रमाण रहेको र उनीहरूको जीवनयात्राको प्रत्येक चरणमा उत्कृष्ट सुविधाहरू प्रदान गर्न कम्पनी सदैव प्रतिवर्द्धन रहेको बताए।

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.