मानव-जन्यजन्तु द्वन्द्व : मुस्ताङमा एक वर्षमा १३ परिवारका पशुधन क्षति

मानव-जन्यजन्तु द्वन्द्व : मुस्ताङमा एक वर्षमा १३ परिवारका पशुधन क्षति
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा मानव-जन्यजन्तु द्वन्द्वका कारण एक वर्षमा १३ परिवारका पशुधनमा क्षति पुगेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार आर्थिक वर्ष २०७९/०८० मा १३ घरधुरीको ३८ वटा पशुधनमा क्षति पुगेको छ। 

यो एक्यापमा निवेदन परेका आधारमा तयार गरिएको तथ्यांक मात्र हो। सबै पशुपालक एक्यापको पहुँचमा नआएका कारण एकिन क्षति तथ्यांक संकलन हुन सकेको छैन।

गतवर्ष थासाङ, रपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ९ वटा घरधुरीका २८ वटा याकचौरी हिमचितुवाको आक्रमणमा परी क्षति भएको थियो। यसैगरी हिमचितुवाकै आक्रमणबाट ३ घरधुरीको ८ वटा भेडाच्यांग्रा मरे। 

यसैगरी  एकजनाको घोडाखच्चड पनि हिमचितुवाले खायो। यो तथ्यांक बर्सेनि वृद्धि हुँदै जाने देखिएको छ। वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनिकरणका लागि समुचित व्यवस्थापन हुन नसक्दा पशुपालन  व्यवसाय नै धरापमा पर्ने अवस्था आएको घरपझोङ-४ का पशुपालक भुपेन्द्र शेरचनले बताए। 

एक्यापले गतवर्ष वन्यजन्तुका कारण पशुधनमा क्षति पुगेका १३ घुरधुरी पशुपालकमध्ये ३ घरधुरीका पशुपालकलाई क्षति विवरण एकीन गरी ९१ हजार रुपैयाँ राहत उपलब्ध गराएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। १० परिवारका लागि राहत वितरण गर्नका लागि  प्रक्रियामा अघि बढाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.