जसपा र विराटनगर महानगरबीच सहमति : छानबिन गरेर दोषीलाई कारबाही गर्ने

जसपा र विराटनगर महानगरबीच सहमति : छानबिन गरेर दोषीलाई कारबाही गर्ने
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीचको विवाद समाधान गर्न दुई बुँदे सहमति भएको छ। 

विवाद उत्कर्षमा पुग्न लाग्दा आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको उपस्थितिमा भएको वार्ताले दुई बुँदे सहमति गरेको हो। दुवै पक्षले आआफ्नो प्रतिष्ठाको विषय बनाएका बेला आवश्यक छानबिन गरेर दोषीलाई कडा कारबाही गर्ने सहमति भएको हो। 

वार्तामा प्रमुख कोइरालाले असोज २ गतेभित्र आवश्यक छानबिन गरेर दोषीमाथि कडा कारबाही भएको विज्ञप्ति जारी गर्ने सहमति गरेको जसपाले जनाएको छ। 

जसपा र विराटनगर महानगरपालिकाबीच भएको वार्तामा सहमति भएअनुसार असोज २ गतेभित्र बर्खास्त गर्ने सहमति भएको जसपा नेता राजकुमार यादवले बताए। 

जसपाले पार्टीका मोरङ अध्यक्ष एवं कोसी प्रदेशका उपाध्यक्ष राजकुमार यादवमाथि महानगर प्रहरीबाट हातपात एवं दुर्व्यवहार भएको दाबी गर्दै आएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.