एक महिनामै भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिनामै हालसम्मकै बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । साउन महिनामा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स आएको हो जुन अघिल्लो आर्थिक वर्षको सोही महिनाको भन्दा २५.८ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको साउनमा अघिल्लो वर्षको भन्दा २०.३ प्रतिशत बढी रेमिट्यान्स आएको थियो । चालु आवको साउनमा अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भएको हो ।