घरको छतबाट खसे‍र एक जनाको मृत्यु

घरको छतबाट खसे‍र एक जनाको मृत्यु
सुन्नुहोस्

झापा : घरको छतबाट खसेर झापामा एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-५ सुब्बाचोक निवासी ४८ वर्षीय कबिरमान थिङ तामाङको मृत्यु भएको छ। 

मृतक तामाङ केही महिनाअघि मात्र भारतीय सैनिकबाट सेवा निवृत्त भएर घर फर्किएका थिए। आइतबार बिहान ५ बजेको समयमा छतबाट झरेर घाइते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याएका थिए। 

उनको उपचारका क्रममा बिहान ५:४५ बजे मृत्यु भएको डीएसपी रिजालले बताए। मृतकका पिता भीमबहादुर थिङ तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको थियो। 

करिब १० वर्षअघि सो घर एकतले हुँदा तामाङका पिता भीमबहादुरको पनि घरको छतबाट खसेर मृत्यु भएको नेपाल तामाङ घेदुङ बिर्तामोडका अध्यक्ष विजय तामाङले बताए। अध्यक्ष तामाङका अनुसार कबिरमान पश्चिमपट्टि झरेका थिए भने उनका पिता पूर्वपट्टि झरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.