दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी

दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी
सुन्नुहोस्

काठमाडौं : केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ। आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्य लिएको केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात पुनः सञ्चालनमा आएको हो।

दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो। सन् २००९ नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो।

यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन-नो बन) नेपालभरी आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ। नेपालमा पर्वहरूको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरू समक्ष पुर्‍याउने निर्णय केएफसीले गरेको छ।

केएफसी दरबारमार्गको पुनः उद्घाटन ग्राहकहरूलाई उनीहरूको मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रण वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ।

स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरूलाई स्मरणीय भोजन अनुभव दिनेछ। साथै ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिटै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा अर्डर गर्न सकिने सेल्फ-अर्डरिङ कियोस्क मेसिन जडान गरिने छ।

आउँदो चाडपर्वका अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमा डबल डाउन बर्गर ल्याएको छ। ग्राहकहरूलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्नका लागि उक्त लोकप्रिय प्रडक्ट सीमित समयका लागि मात्रै ल्याइने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.