नुवाकोटमा बजार अनुगमन: अखाद्य वस्तु जफत गरेर नष्ट
नुवाकोट : नुवाकोटमा सोमबार बजार अनुगमन गरिएको छ। बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका-१ ढुंगे र त्रिशूलीमा रहेका मासु पसलको अनुगमन गरेको छ।
एकैदिन नौवटा मासु तथा माछा पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ । सरोकारवालासहिकतको संयुक्त वजार अनुगमन टोलीले सन्जय कोल्ड स्टोर, त्रिशूली फ्रेस एण्ड कोल्ड स्टोर, न्यु त्रिशूली मिट/न्यु फिस हाउस, मामाको फ्रेस हाउस, त्रिशूली कोल्ड स्टोर, एएस मिट सप, त्रिशूली मिट सप, सानेकुमार फिस हाउस र महालक्ष्मी जनक श्रेष्ठ मिट सपमा अनुगमन गरिएको प्रमुख किशोर सापकोटाले जानकारी दिए।
उनका अनुसार अनुगमनका क्रममा एक माछा पसलबाट अखाद्य माछा बरामद गरी नष्ट गरिएको छ । उक्त माछा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २० हजार रुपैयाँ जरिवाना गरिएको छ।