लागूऔषधसहित विभिन्न स्थानबाट सातजना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट सातजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

कैलाली : धनगढी उपमहानगरपालिका-१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय  २० मिलिग्राम र चरेश २ ग्राम ८६ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ सी गाउँ बस्ने ३७ वर्षीय नवराज जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कपिलवस्तु, बाणगंगा नगरपालिका-७ घेरुवा बनगाई नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १  ग्राम २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-७ बनगाई बस्ने ३६ वर्षीय ज्ञानराज परियार समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध ब्राउनसगुर १० ग्राम ३० मिलिग्रामसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सुनसरी ईटहरी उपमहानगरपालिका-२० बस्ने ३७ वर्षीय अमृत पुरी र सुनसरी धरान उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय सुसान्त रिजाल रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.