जसपा नेतालाई दुर्व्यवहार गर्ने नगरप्रहरीलाई सेवाबाट हटायो

जसपा नेतालाई दुर्व्यवहार गर्ने नगरप्रहरीलाई सेवाबाट हटायो
सुन्नुहोस्

विराटनगर : जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गर्ने तीन जना नगरप्रहरीलाई विराटनगर महानगरपालिकाले सेवाबाट हटाएको छ। 

जसपा मोरङ अध्यक्ष यादवलाई दुर्व्यवहार गर्ने तीन जना नगर प्रहरीलाई  सेवाको जिम्मेवारीबाट हटाइएको महानगरले जनाएको छ। महानगरपालिका प्रमुख नागेश कोइरालाले  विज्ञप्ति जारी गर्दै नगर प्रहरीका नगरहवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान बिक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारबाट लागु हुने गरी सेवाबाट हटाएको जानकारी जनाएको हो।  

महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो। सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिका उपनाएको भन्दै उनीहरूले थप नगर प्रहरी बोलाएर यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पुर्‍याएका थिए। 

घटना मिले पनि जसपा मोरङले आन्दोलनको घोषणा गर्दै संलग्नहरूलाई सेवावाट हटाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएको थियो। जसपा आन्दोलित भएपछि विराटनगरमहानगरपालिका मेयर नागेश कोइरालाको उपस्थितिमा भदौ ३१ गतेको जसपासँग वार्ता भएको थियो। वार्तापछि सम्बन्धित नगर प्रहरीलाई कारबाही गर्ने विषयमा महानगरपालिका प्रमुखलाई जिम्मेवारी दिइएको थियो।

मेयर कोइरालाले स्पष्टीकरणको म्याद समेत नदिइकन हटाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.