तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं : तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-७ स्थाई घर भई हाल काठमाडौं-१५, स्वयम्भू बस्दै आएका ४२ वर्षीय गणेशबहादुर सिंह रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले बुद्धिराम पुनमगरलाई वैदेशिक रोजगारीका लागि तान्जानिया पठाइदिन्छु भनेर पीडितबाट रकम लिएर फरार भएका थिए। ठगी गरेर फरार भएका उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन कार्यालयलाई पत्राचार गरेको थियो।
उनलाई आज काठमाडौंको सितापाइलाचोकबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको छ।