आदर्श र निष्ठाको राजनीतिका लागि स्व. गणेशमानबाट प्रेरणा लिनुपर्छ : राष्ट्रपति

आदर्श र निष्ठाको राजनीतिका लागि स्व. गणेशमानबाट प्रेरणा लिनुपर्छ : राष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले त्याग, आदर्श र निष्ठाको राजनीतिका लागि स्व. गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन्। मंगलबार भक्तपुरको कटुञ्जेमा लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेको भन्दै सबैले उहाँबाट प्रेरणा लिनुपर्ने बताएका हुन् ।  

२०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता सिंह भएको उनले स्मरण गरे । उनले जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासन विरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाका रुपमा सिंह रहेको जिकिर गरे । 
जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर उनले सबै दलका नेतालाई प्रेरणा दिएको उनले बताए।

त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराए । मन्त्री महतले देश आर्थिक सङ्कटमा गुज्रेका अवस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नुपर्ने बताए। 

कार्यक्रममा राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व.रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.