मुस्ताङमा बिरामीले एम्बुलेन्स सेवा लिँदा चालक भत्ता र इन्धन खर्च मात्र दिए पुग्ने

मुस्ताङमा बिरामीले एम्बुलेन्स सेवा लिँदा चालक भत्ता र इन्धन खर्च मात्र दिए पुग्ने
सुन्नुहोस्

जोमसोम : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ। समग्र उपल्लो मुस्ताङ र पायक पर्ने स्थानका कुनै पनि बिरामीलाई सेवा प्रदान गरिने गाउँकार्यपालिकाले निर्णय गरेको छ। 

बिरामीले एम्बुलेन्स सेवा लिँदा चालक भत्ता र इन्धन खर्च मात्र व्यहोरे पुग्ने छ। एम्बुलेन्स सेवा लिँदा एम्बुलेन्सको इन्धन खर्च र एम्बुलेन्स चालकको दैनिक भत्ता एक हजार रुपैयाँ बिरामी पक्षले ब्यहोर्नुपर्ने उल्लेख गरेको छ। 

गाउँपालिकाले बिरामीको सेवामा एम्बुलेन्स सेवा सञ्चालन गर्दा एम्बुलेन्स बिग्रिएको अवस्थामा गाउँपालिका आफैंले खर्च गरी मर्मत गर्ने निर्णय गरेको अध्यक्ष लोप्साङ छोम्फेल (बिष्ट)ले जानकारी दिए। 

गाउँपालिकाको यो निर्णयले उपल्लो मुस्ताङको घिलिङदेखि कोरला नाकासम्मका सीमावर्ती क्षेत्रका बासिन्दालाई ठूलो राहत पुग्ने अध्यक्ष बिष्टको भनाइ छ।

यसअघि उपल्लो मुस्ताङमा एउटा पनि एम्बुलेन्स नहुँदा भाडाका जीपमा असहज र महंगो शुल्कमा बिरामीको उद्धार गर्नुपर्ने बाध्यतामा रहेकोमा विगतको उक्त समस्या न्यूनीकरण हुने अध्यक्ष बिष्टले बताए। 

यसअघि उपल्लो मुस्ताङमा एम्बुलेन्सको व्यवस्था नहुँदा र बिरामीहरूको हेलिकोप्टरमार्फत सेवा लिनुपर्ने र गम्भीर बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो। 

एम्बुलेन्सबाट चालु वर्षको साउनदेखि हालसम्म ७ जनाभन्दा बढी बिरामीको उद्धार गरिसकेको गाउँपालिकाले जनाएको छ।

उपल्लो मुस्ताङदेखि जोमसोम अस्पतालसम्मको सामान्य एम्बुलेन्स सेवाको भाडा सरदर १५ हजार देखि २० हजारसम्म पर्न आउँछ। पोखरा लैजान परे सामान्यतया ३५ हजारदेखि ४० हजारसम्म एम्बुलेन्स भाडा लाग्छ। तर, पालिकाले चालकको भत्ता र इन्धनको शुल्क मात्र लिइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.