राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको छ : अध्यक्ष ओली

राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको छ : अध्यक्ष ओली
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकारलाई स्थापीत गर्दै संविधानको सफल कार्यान्वयनमा अघि बढ्नुपर्ने बताएका छन्।  संविधान दिवसका अवसरमा काठमाडौं नक्सालस्थित नारायण चौरमा आयोजित एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गर्दै संविधानलाई सफल बनाउनुपर्ने बताए।

उनले मुलुकका उपलब्धीहरूलाई समाप्त पार्ने खालका अभिव्यक्ति र क्रियाकलाप हुने गरेको भन्दै विभाजनकारी प्रवृतिहरूलाई निरुत्साहित पार्नुपर्ने धारणा राखे।

राष्ट्रिय एकतालाई कमजोर पार्नका लागि जुनसुकै नाममा हुने क्रियाकलापविरुद्ध नेपाली जनता सचेत हुनुपर्ने उनले बताए। अध्यक्ष ओलीले शान्ति सुव्यवस्था,समानता,राष्ट्रिय एकता कायम गरेर राजधानीमा मात्रै नभइ देशभर नै जनस्तरमा संविधान दिवस मनाउनुपर्ने बताए।

नारायण चौरमा संविधानमा उल्लेख गोपनीयताको हक, शोषण विरुद्धको हक, शिक्षा सम्बन्धी हक, रोजगारीको हक लगायत लेखिएका बोर्डहरू राखिएका थिए । कार्यक्रममा सयौंको संख्यामा आएका नागरिकहरूले नेपाली झण्डाका साथमा सेल्फी खिचाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.