पत्रकार खानलाई आर्थिक सहयोग
वीरगन्ज: फोक्सोको रोगबाट ग्रसित वीरगन्जका पत्रकार नेहाल खानको उपचारका लागि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
कोरोना महामारीका बेला कोभिडमा संक्रमित भएर निको भएका पत्रकार खानको फोक्सोमा फेरि समस्या भएपछि अहिले उनको वीरगन्जस्थित नारायणी अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ ।
बुधबार बिहान अस्पतालमै पुगेर मेयर सिंहले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगबाट पीडित छिन् ।