डा. भट्टराईलाई बाइपास गरेर प्रचण्डले गरे नेसपा अध्यक्ष यादवलाई पार्टी एकताका लागि पत्राचार

डा. भट्टराईलाई बाइपास गरेर प्रचण्डले गरे नेसपा अध्यक्ष यादवलाई पार्टी एकताका लागि पत्राचार
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले डा. बाबुराम भट्टराईलाई बाइपास गरेर नेपाल समाजवादी पार्टीसँग पार्टी एकताका लागि पत्राचार गरेको छ।  माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’अमेरिका प्रस्थान गर्नु अगाडि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र तरंग पैदा भएको छ।  

पार्टी एकताका लागि भदौ ३० गतेको मिति राखेर अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका अध्यक्ष यादवलाई पत्र पठाइएको हो। माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन चडेका यादव हाल खानेपानी मन्त्री रहेका छन्।

यस अगाडि पार्टी एकताका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो। ‘उपरोक्त सम्बन्धमा गत केही समय अगाडिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको बीचमा पार्टी एकताको लागि दुवै पक्ष बीच वार्ता टोली बनाई सम्बाद हुँदै आइरहेको छ। एउटै पार्टी बनाउने लक्ष्यका साथ गत सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरुले एउटै चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा लिएर निर्वाचनको अभियानमा सहकार्य पनि गरियो। दुबै पक्ष बीचको वार्ताको क्रममा पार्टी एकताको लागि पार्टीको नाम सम्बन्धमा छलफल चलिरहेको छ।’ पत्रका भनिएको छ, ‘यही भदौ २५ गते अध्यक्ष कमरेड प्रचण्डको अध्यक्षतामा बसेको यस पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरु)को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भिरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्ट मित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ। ’

डा. भट्टराईले गत निर्वाचनमा आफ्नो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगेर उम्मेदवार बनाएका थिए। प्रचण्ड यतिबेला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका छन् भने भट्टराई यतिबेला भारतमा पुगेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.