एमएस समूहको नयाँ पुस्ताकी माल्भिकाले ल्याइन् ‘बुनेको : कश्मीरी टेल्स’

एमएस समूहको नयाँ पुस्ताकी माल्भिकाले ल्याइन् ‘बुनेको : कश्मीरी टेल्स’

काठमाडौं : कहलिएको व्यावसायिक घराना एमएस ग्रुपको नयाँ पुस्ताकी सदस्य माल्भिका अग्रवालले ‘बुनेको : कश्मीरी टेल्स’ अनलाइन फेसन सप सञ्चालनमा ल्याएकी छन्। बुधबार होटल मेरियटमा विशेष समारोहमार्फत उनले ‘बुनेको’को ग्राण्ड ओपनिङ गरेकी हुन्। 

ओपनिङ समारोहमा ‘बुनेको : कश्मीरी टेल्स’का विभिन्न डिजाइनहरू प्रदर्शनीमा गरिएको थियो। स्कार्फ, ट्युब टप, स्वेटर, सल, एक दर्जन बढी डिजाइनकाका पहिरनहरू प्रदर्शनमा राखिएको थियो। एमएस ग्रुपका अगुवा सुमित अग्रवालकी छोरी माल्भिकाले सानैदेखिको रुचिअनुसार आफूले फेसनमार्फत मुलुकमा केही फरक गर्न चाहेको उक्त अवसरमा जानकारी दिइन्।  

‘मलाई सानैदेखि फेसनमा एकदम रुचि थियो। फेसन दुनियाँको रौनक र सिर्जनशीलताले आकर्षित थिए,’ माल्भिका भनिन्, ‘एकदिन म यसै दुनियाँमा आफ्नो छाप छोडेर मेरो देश नेपालका लागि पनि केही सकारात्मक योगदान दिने सोचमा थिए।’ त्यही प्रयासतर्फको पहिलो कदमका रुपमा आफूले ‘बुनेको : कश्मीरी टेल्स’ सञ्चालनमा ल्याएको उनले जानकारी दिइन्। 

उनकाअनुसार ‘बुनेको’को सुरुवात मास्टर्सको थेसिस गर्दा भएको हो। ‘मेरो थेसिस नेपालको कश्मीरी ब्रान्ड र यसको विश्व बजारमा फैलिन सक्ने अवस्थाको बारेमा थियो,’ उनले भनिन्, ‘यसमा गहन अध्ययन, विश्लेषण गर्दै बजारको गतिशीलता, ब्रान्ड बेचबिखन हुनसक्ने महत्वपूर्ण ठाउँहरू, ब्रान्डको विश्वव्यापी फैलावटको सम्भावना लागि गरिनुपर्ने रणनीतिको बारेमा अध्ययन गरे।’ 

माल्भिकाले आफू ‘बुनेको : कश्मीरी टेल्स’मार्फत नेपाली फेसन अन्तर्राष्ट्रिकरणमा गर्न जुटेको बताइन्। ‘मेरो अन्तिम चाहना नै बुनेको कश्मीरीको माध्यमबाट फेसनमा नेपालको प्रतिभा, सामग्री र कला विश्वलाई देखाउँदै नेपालको नाम विश्वमा चिनाउने नै हो।’ उनका अनुसार कपडाको मुल्यअनुसार यसको गुणस्तर र दिगो/स्थिरता कपडाका आधारभूत गुण हुन्। गुणस्तरले कपडाप्रतिको विश्वास बढाउँछ भने साजसज्जा यसलाई जीवन्त बनाउँछ।
  
‘बुनेको: कश्मीरी टेल्स’ आफ्नो मुटुमै बसेको नाम भएको बताउँदैं उनले यो नाम छनोट गर्नुका पछाडिको कारण खुलाउँदैं भनिन्, ‘बुनेको भनेको नेपालीमा बुन्नु हो, बुन्नु शब्दले मैले गर्ने कार्यको उद्देश्य र मर्म प्रस्तुत गर्छ,’ उनले नामको गहनपनबारे सुनाइन्, ‘आखिर मैले गर्न खोजेको नै विभिन्न कला, संस्कृति र कथाहरूलाई एकापसमा बुनेको त हो। मैले यसबाट यस्तो धरातल निर्माण गर्न खोजेको हो जसले समावेशीकरण र एकता प्रकट गरोस्।’ 

वाह युवा सोच। मुलुकमा जाति, भाषा र समुदायका नाममा विभाजन बढिरहेका बेला एक युवा नेपालीलाई फेसन ब्राण्डमार्फत एकता खोजिरहेको छ। एकता खोज्नेमात्रै होइन्, नेपालीपन विश्वबजारमा पुर्‍याउने सोच बनाइरहेको छ। 

‘बुनेको : कश्मीरी टेल्स’का उत्पादनमा नेपालको शील्प कौशल र इटालीको डिजाइनको विशिस्ट कलालाई एकै ठाँउमा ल्याउने प्रयास गरिएको छ।  यसका धेरैजसो डिजाइनहरू एकदम सावधानीपूर्वक फेसनको सम्पदा मानिने इटालीमै गरिएको माल्भिका बताउँछिन्। ‘ती डिजाइनलाई कला, संस्कृति र परम्पराको धनी देश नेपालमा जीवन्त रुप दिइएको हो,’ उनले भनिन्, ‘यो दुइटाको एकताबाट बनेका वस्तु हेर्दा अवश्य लोभलाग्दा छन् नै। साथै, स्थानीय कला र विश्वव्यापी प्रस्फुटनको सन्देश पनि बोकेका छन्।’ 

सबैभन्दा रोचक त के भने ‘बुनेको : कश्मीरी टेल्स’लाई छुट्टै अस्तित्व प्रदान गर्ने गरी डिजाइनका पछाडिका ‘टेल्स’ अर्थात कथाहरू हुन्। ‘हरेक बनेका वस्तुको यहाँ आफ्नै कथा छ, आफ्नै छुट्टै यात्रा छ,’ माल्भिका सुनिइन्, ‘त्यही कथालाई ती कुशल शिल्प, कौशलकार अथवा कालिगडले आफ्नो कलामा उनेर सुन्दर कपडा बनाए।’ उनकाअनुसार हिमालमा बनेको कपडाको स्रोत र कपडा बनाउँदा प्रयोग गरिएको डिजाइनले हरेक बुनाइलाई जीवन दिएका छन्। 

माल्भिका ‘बुनेको : कश्मीरी टेल्स’का कपडाहरू केवल कपडा मात्रै छैनन्। ‘कथाहरूले हाम्रो वस्तुमा अझै गहिरो भावना र जीवन ल्याएका छन्,’ उनले थपिन्, ‘कपडा केवल कपडा मात्रै नभई जीवन्त कलात्मकता र संस्कृतिको रुपमा परिचय छोडेका छन्।’

‘बुनेको : कश्मीरी टेल्स’ले सारी, ट्युब टप्स र अन्य कपडाका उत्पादनहरू पनि ल्याएको छ। माल्भिकाअनुसार कश्मीरी बहुमुखी हुनुका साथै यसले ग्राहकको आराम र स्टाइललाई पनि जोड दिएको छ। ‘सारी, ट्युब, टप्सलगायतका कश्मीरीबाट बनेको लुगा लगाउँदा साँच्चै सपना पूरा भएजस्तै लाग्छ,’ उनले भनिन्, ‘यी लुगाको कपडाले न्यानोपना र कोमलताको आभास गराउँदै लगाउनेलाई आफ्नै शैली र फेसनमा मन्त्रमुग्ध बनाउनेछ।’ जाडोमा मानिसहरूले फेसनेबल लुगा लगाउन नै पाइरहेका हुँदैनन्, माल्भिकाले जाडोका लागि आकर्षक 

डिजाइनका न्याना पहिरनहरू पनि कश्मीरी भण्डारमा उपलब्ध हुने जानकारी दिइन्। हाललाई ‘बुनेको : कश्मीरी टेल्स’का लुगाहरू अनलाइन स्टोरमार्फत उपलब्ध हुने उनले जानकारी दिइन्। माल्भिकाले बेलायतबाट फेसन स्नातक र इटालीबाट फेसनमै स्नातकोत्तर गरेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.