कोका–कोला नेपालले ल्यायो  'चिल एन विन २.०' क्याम्पेन

कोका–कोला नेपालले ल्यायो  'चिल एन विन २.०' क्याम्पेन

काठमाडौं : कोका-कोला नेपालले ‘चिल एन विन’को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरि लिएर आएको छ। यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारका रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्नेछ। 

यसका साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ। यस रोमाञ्चक क्याम्पेनले ग्राहकमाझ अनेकौँ एक्साइटिङ पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ।

क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी)को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ।  यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ। 

एसएमएसमार्फत इन्टर गर्न सहभागीहरूले मेसेज बक्समा <COKE> <SPACE> <LABEL युनिक कोड> <SPACE> <FULL NAME> टाइप गरी ३४००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ।

यसको विकल्पमा ग्राहकले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन्। प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ।

गत सप्टेम्बर १ बाट सुरु भएको यो क्याम्पेन ३१ अक्टोबरसम्म चल्नेछ। ग्राहकले यस क्याम्पेनमा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन्। 

नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन। कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ। ‘चिल एन विन’को पहिलो संस्करण, ‘क्यापमा कार’ तथा ‘स्प्राइटसंग जित्ने मौका’ कोका–कोलाको गत वर्षका स्मरणीय क्याम्पेनहरू मध्येका केही क्याम्पेन हुन्।

‘चिल एन विन २.०’का साथमा कोका–कोलाले नेपालभरका ग्राहकलाई रिफ्रेसमेन्टका साथै अविस्मरणीय अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ। अब कोका–कोला, स्प्राइट तथा फ्यान्टा पिएर एक्साइटिङ उपहार जित्न तयार हुनुहोस्!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.