शिक्षक आन्दोलनप्रति समर्थन जनाउँदै गौशालाका सामुदायिक विद्यालय बन्द

शिक्षक आन्दोलनप्रति समर्थन जनाउँदै गौशालाका सामुदायिक विद्यालय बन्द

गौशाला : गौशाला नगरपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालीन समयको लागि बन्द गरी शिक्षक आन्दोलनको समर्थन जनाएको छ। 

बिहीबार गौशालामा बसेको सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकले सो निर्णय गरिएको हो। असोज ३ गतेबाट राजधानी केन्द्रित शिक्षकहरूको आन्दोलनको समर्थनमा यहाँका सामुदायिक विद्यालय अनिश्चितकालीन समयका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको बैठकमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख रहेका छन्।

यस अवधिमा विद्यार्थीको पठनपाठन लगायतका सिकाइ क्रियाकलाप प्रत्यक्ष रूपमा प्रभावित भएकोप्रति क्षमायाचना माग गरिएको छ। 

त्यस्तै यस अवधिमा अवरुद्ध भएको पठनपाठनको पूर्ति बिदाको दिनमा गरिने सो प्रेस विज्ञप्तिमा उल्लेख रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.