प्यूठानमा गुल्मीका एक युवा मृत भेटिए
बुटवल : प्यूठानको झिमरुक गाउँपालिका–४ स्थित सुसाने पहरामुनि गुल्मीका एक युवाको शव फेला परेको छ । मदाने गाउँपालिका - ६ का २३ वर्षिय कपिल कुँवरको बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ।
मृतक कुवँरका आफन्तका अनुसार कुँवर तीजको दिन छिमेकी जिल्ला प्यूठानको झिमरुक गाउँपालिका–१ स्थित बालुवाखोलामा तीज मेला हेर्न गएका थिए । तीन दिनसम्म पनि घर नफर्केपछि परिवारले प्रहरीलाई खोजी गरिदिन् आग्रह गरेका थिए। खोजी गर्नेक्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिए । घटनाको अनुसन्धानका लागि प्रहरीले मदाने गाउँपालिका- ५ खोप्चाका रमेश खड्कालाई नियन्त्रणमा लिएको छ ।