एक वर्षदेखि फरार प्रतिवादी पक्राउ
बागलुङ : सवारी ज्यान कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–१ का ३५ वर्षीय सुशील रसाइली रहेका छन्।
रसाइलीलाई बागलुङ जिल्ला अदालतले सवारी ज्यान कसुर मुद्दामा २०७९ साउन २५ गते ७ महिना ३ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
प्रहरी चौकी बोंगादोभानबाट खटिएको टोलीले रसाइलीलाई पक्राउ गरी लगत कट्टाका लागि बिहीबार बागलुङ जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक बाबु केसीले जानकारी दिए।