शिवालयको प्राथमिकता चिया खेतीमा

शिवालयको प्राथमिकता चिया खेतीमा
फाइल तस्बिर।

जाजरकोट: जाजरकोटको शिवालय गाउँपालिकाले किसानलाई नगदेबालीमा आकर्षित गरी कृषि क्षेत्रबाट नै उत्पादन बढाउन चिया खेतीमा जोड दिएको छ। गाउँपालिकाले रोजगारी दिएर पुँजी र श्रम शक्ति पलायन हुन नदिने मुख्य लक्ष्यसहित चियापत्तीको बिरुवा वितरण गरेको छ। 

शिवालयमा चिया खेतीका लागि उपयुक्त हावापानी देखिएपछि चियाका बेर्ना वितरण गरिएको हो। कृषि उत्पादन नगदेबालीको जीविकोपार्जनमा सहयोग गर्न चियाको बेर्ना वितरण गरिएको गाउँपालिकाका प्रवक्ता दीपकबहादुर खड्काले जानकारी दिए।

शिवालय गाउँपालिकाको वडा २ लयाकाँडा र ३ को घोडाछालमा ६ हजार बिरुवा वितरण गरिएको खड्काले बताए। पालिकामा हावापानी चियापत्ती उत्पादनको लागि सम्भाव्यता अध्ययन गरेर उत्पादन राम्रो हुने भएपछि कृषि क्षेत्रमा क्रान्ति नै हुने गरेर वडा २ को नेपामा चियापत्तीको नर्सरी स्थापना गरिएको छ। नर्सरीमा ४५ हजार बिरुवा राखिएको छ। बिरुवा ठूलो भएपछि चियापत्ती उत्पादनका लागि उपयुुक्त हावापानी भएको वडाहरूमा बिरुवा सहुलियतमा वितरण गरिने छ। ती सबै चियाका बिरुवा गाउँपालिकाभित्रका उपयुक्त स्थानमा वितरण गरिने भएको छ।

शिवालय गाउँपालिकालाई चियापत्तीको बृहत् उत्पादन पकेट क्षेत्रको विकास गरिनेसमेत प्रवक्ता खड्काले बताए। चियापत्तीको बृहत् व्यावसायिक योजना बनाएको र सो कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले जोड दिएका छन्। चियापत्ती खेतीले कृषकलाई पूर्ण आत्मनिर्भर बनाउने, कृषि प्राविधिकले रोजगारी पाउने, पालिकाको आम्दानीको प्रमुख स्रोत बन्ने अध्यक्ष शाहीले बताए।

संघीय सरकारबाट आएको पाँच लाख रुपैयाँमा चिया खेतीको लागि आवश्यक पर्ने हावापानी, माटो, उचाइजस्ता सबै सम्भावनाको अध्ययन गरिएको र त्यसपछि ४५ हजार बिरुवा रहने नर्सरीको स्थापना गरिएको छ। नर्सरी व्यवस्थापनका लागि पालिकाले पनि पाँच लाख रुपैयाँ रकम विनियोजन गरेको कृषि शाखा प्रमुख विश्वामित्र शर्माले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.