शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्ने पक्राउ

शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्ने पक्राउ
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै  नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरूलाई प्रहरी नियन्त्रणमा लिएको हो। 

विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउँदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

यसैबीच,प्रहरीले आन्दोलनको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई प्रहरीले दुव्र्यवहार र हातपात गरेका छन् । विद्यार्थीहरूको आन्दोलनको दृश्य कैद गर्ने क्रममा सूचना विभागद्वारा जारी गरिएको परिचयपत्र देखाउँदा प्रहरीले दुव्र्यवहार र हातपात गरेको हो । 

सरकारले संसदमा  पेश गरेको विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकहरू बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। उनीहरू १८ बुँदे माग राखेर आन्दोलित बनेका हुन् । आन्दोलित शिक्षक र सरकारबीच दुई चरणमा वार्ता भएपनि निष्कर्शमा पुग्न सकेको छैन। शिक्षक र सरकारबीच आज पनि वार्ता जारी छ।

शिक्षकहरूको आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।  माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.