मलेसिया पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पठाइने दिने भन्दै लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हाल काठमाडौंको सेतोपुल बस्ने डोटी जिल्लाको शिखर नगरपालिका- २ का ३२ वर्षीय धनबहादुर बोगटी रहेका छन्।
उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने बहानामा ३ लाख रुपैयाँ लिइ फरार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनलाई बिहीबार सेतोपुलबाट नियन्त्रणमा लिएको हो। थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाएको प्रहरीले जनाएको छ।