डलर साटिदिन्छु भनि जंगल बोलाउने व्यक्ति पक्राउ
काभ्रे : अमेरिकी डलर साट्नका लागि धुलिखेल जंगल बोलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ बस्ने ४० वर्षीय सोकबहादुर तामाङ रहेका छन्।
शुक्रबार दिउँसो १ बजे धुलिखेल हिमालयन होटल नजिकै जंगलमा डलर साटदिन्छु भन्ने सूचना पाएपछि प्रहरी निरीक्षक अनिल कुमार बैठाको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरी प्रमुख भागेन्द्र ढकालका अनुसार पक्राउ गरिएको तामाङको साथबाट अमेरिकी डलर ५० दरको ६५० डलर, २० रुपैयाँ दरको १२ हजार र तीन थान मोबाइल बरामद गरिएको हो।