प्रचण्डप्रति आक्रोश

शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा सरकारको ध्यान हिंसा दिवसलाई प्राथमिकता दिनमा छ : ओली

शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा सरकारको ध्यान हिंसा दिवसलाई प्राथमिकता दिनमा छ : ओली

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शान्ति प्रक्रिया टुंगो लगाउनुपर्नेमा हिंसा दिवसलाई प्राथमिकता दिएको दाबी गरेका छन्। सरकारको नेतृत्वको ध्यान हिंसा सुरु गरेको दिन फागुन १ गते (जनयुद्ध दिवस) लाई राष्ट्रिय उत्सवको घोषणा गर्नतिर भएको भन्दै ओलीले आपत्ति जनाएका हुन्। 

‘सरकारको नेतृत्वको ध्यान हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको घोषणा गर्नतिर छ, बिदा दिने ताकी मान्छे गाउन, नाचुन्, खाउन्, आनन्द लिउन्, रमाउन्। कहिलेभन्दा हिंसा सुरु गरेको दिन। एड्सचाहिँ रोक्नका लागि एड्स दिवस मनाइन्छ। हिंसा चाहिँ रोक्नका लागि होइन, फैलाउनका लागि, गौरव गाथा दिवस।’ पार्टी कार्यालयमा शुक्रबार नेपालको किसान आन्दोलन विषयक विचार गोष्टीलाई सम्बोधन गर्दै ओलीले भने,‘मैले भनेँ त्यसबेला रोक्नुस्, नगर्नुस् भनेँ तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुरसँग कुरा भइसकेको छ, म गर्छु भन्नुभयो। फेरि पनि म नगर्नुस् भन्छु, जसले गरेपनि।’

ओलीले सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको आरोप लगाए। ‘हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जाने हो र ? पीडितमाथि नुनचुक थपेर, घोचेर शान्ति प्रक्रिया टुंगो लाग्छ ? सरकारको ध्यान कता छ, हिंसालाई उत्सव मनाउनुपर्ने थियो र ! थिएन नी। ’उनले भने,‘सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरण गरिरहेको छ। अपराधि जेलमा बस्नु पर्दैन, प्रोफेसरको ढाड खुस्कायो भने सरकार मुद्दा फिर्ता लिन्छ। राष्ट्रपति महोदय बुढेसकालमा राष्ट्रपति पाएकोमा कृतज्ञ हुनुहुन्छ। सरकारले जे लग्यो, त्यो बडो खुशीका साथ स्वीकार्नु हुन्छ।’ 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.