प्रधानमन्त्रीको चीन भ्रमण, खुल्ला त कोरला नाका?

प्रधानमन्त्रीको चीन भ्रमण, खुल्ला त कोरला नाका?

जोमसोम : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणको कार्यतालिका सार्वजनिक भइसकेको छ। चीनका प्रधानमन्त्री लि छ्याङको विशेष निमन्त्रणामा सेप्टेम्बर २३ देखि सेप्टेम्बर ३० तारिखसम्म प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गर्न लागेका हुन्। योसँगै उत्तरी कोरला नाका खुल्नेमा बढी आशावादी देखिएका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाकालाई दीर्घकालीन व्यापारिक हबका रूपमा बाह्रै महिना सञ्चालन गर्न सरकारले अधिकतम पहल होस् भन्ने अपेक्षा उपल्लो मुस्ताङीको छ। 

गण्डकी प्रदेशकै आर्थिक समृद्धि र विकासका लागि यसपटक सरकारले कोरला नाका खोल्ने विषयलाई चीन भ्रमणमा एजेण्डाकै रूपमै समावेश हुने अपेक्षा मुस्ताङीको छ।

भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको (नेपाल-चीन) सीमाना उत्तरी कोरला नाकालाई त्रिदेशीय व्यापारीमार्गको रुपमा विस्तार गर्ने उद्देश्यले तत्कालिन सरकारले २०७३/०७४ सालदेखि राष्ट्रिय गौरवको निर्माणधिन (बेनी-जोमसोम-कोरला) सडक आयोजना अघि बढायो। 

अहिले कोरला नाका जोड्ने गौरवको सडकमा करिब ७ अर्ब भन्दा बढी बजेट सरकारले सडक स्तरोन्नतिमा खर्च गरिरहेको छ। कोरला नाका सञ्चालन गर्ने उद्देश्यले सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ स्थित नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) क्याम्प स्थापना गरिसकेको छ भने लोमान्थाङको थुर्लुङफाँटमा नेपाली सेनाको क्याम्प समेत बसिसकेको अवस्था छ।

नेचुङमा भन्सार,सुरक्षा, लगायतलाई जग्गा प्राप्ति भई पूर्वाधार निर्माणको काम पनि भइरहेको छ। नाकालाई मध्यनजर गर्दै कोरलाको दजगजा क्षेत्रमा भन्सार, अध्यागमन, सुख्खा बन्दरगाह र सुरक्षा पोस्टका लागि १ हजार रोपनी जग्गा भन्सारका नाममा जग्गा उपलब्ध भइसकेको छ। 

पछिल्लो समय सरकारले कोरला नाका पूर्वाधारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम पनि अघि बढिसकेको छ। कोरलामा माटो परीक्षणको काम अन्तिम चरणमा पुग्दैछ। 

चीनले कोरला नाकाको दशजगजा क्षेत्रमा ठूला ठूला भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसकेको छ भने झोङ्वामा सुख्खा बन्दरगाह निर्माण समेत अन्तिम चरणमा पुर्‍याएको छ। चिन पक्षले निर्माण गरेको भौतिक पूर्वाधारले चिन सरकार कोरला नाका खोल्ने दीर्घकालीन योजना रहेको पुष्टि गर्छ।

राष्ट्रिय गौरवको निर्माणाधीन (बेनी-जोमसोम-कोरला) सडक सहज भएसँगै नेपाल सरकारका तर्फ बर्सेनि भिआईपीहरूको उपस्थित हुने गरेको छ। ३ तहका मन्त्री,सांसद, सचिव र विभागीय जम्बो टोलीले उपल्लो मुस्ताङको कोरला भ्रमण गरिसकेका छन्। 

तर,नाका खोल्ने विषयमा कुनै पहल नहुँदा उपल्लो मुस्ताङीहरु चिन्तित छन्। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले कोरला नाका खोल्न योगदान पुग्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। 

उनले सडक तथा पूर्वाधार निर्माणका कामलाई उच्चप्राथमिकतामा राखेर दीर्घकालिन कोरला नाका खोल्ने विषयमा सरकारले पहल गर्नुपर्ने बताए। 'कोरला नाकालाई व्यापारिक हबका रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको भ्रमणले केही आशा जगाएको छ, यो नाकाले गण्डकी प्रदेशको मात्रै नभई नेपालकै आर्थिक विकासमा टेवा पुग्छ,’अध्यक्ष गुरुङले भने, तर, प्रधानमन्त्रीको भ्रमणले हात्ती आयो हात्ती आयो फुस्सा नहोस् भन्ने हाम्रो भनाइ हो, यसपटक कोरला नाकाका विषयमा केही न केही ठोस उपलब्धी हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.