मृत्यु एउटा सत्य
ओ मृत्यु !
रंगीचंगी मृत्युसँग परिचित म
पराईको मृत्युको दर्शक म
चिरपरिचित मृत्युको साक्षी म
फगत शब्दसँग मात्र एकाकार रहिनँ म।
मृत्यु बेलाबेला आयो
रंगहरू लिएर आयो
आफ्नासँगै आयो
पराईको साथ लागेर आयो
र मलाई नराम्ररी हल्लाएर गयो
त्यसैले, मलाई मृत्युदेखि डर छैन।
आफ्नाको माया, मोह छैन
पराईको भर छैन
मृत्यु सत्य हो
सत्य भोगे मेरा आफन्तले
सत्य भागे पराईले, चिरपरिचितले
अनि म पनि
सत्य भोग्न तयार छु, हुनुपर्छ
त्यसैले, ओ मृत्यु !
आइज मलाई लैजा !