सत्वहोम सत्यमोहन !
सत्यमोहन, शब्द ब्रम्ह ! सत्यसित मोहित। मिहेनत सत्यमोहनका जीवनदायी यात्रा ! सत्यमोहनका विसर्जन पछिका युगौं सम्वाहक– शब्दबिम्बमा सत्यमोहन।
गोपीकृष्ण ढुंगाना सम्पादित ग्रन्थ सजीव, चेतना पुञ्ज, सदाबहार व्यक्तित्ववान् सचेतनाका पुञ्ज ! दिवंगत आत्मा श्रद्धा–सुमनमा गुठरिएर– एकत्रित– संकलन गरी प्रकाशनमा ल्याउनु सम्पादकीय दायित्व। निपुणताले क्षमतावान् तुल्याउँछ। क्षमताले कर्मशीलता। कर्मशीलताले सार्थक। शब्द बिम्बमा सत्यमोहन युगीन सार्थकता। सार्थक योगदानमय सौगात बनेको छ– शब्दबिम्बमा सत्यमोहन।
सत्यमोहन, शब्द ब्रम्ह ! सत्यसित मोहित। पारमार्थिक चिन्तनले मौन अभिव्यक्ति दिन्छ। मौन अभिव्यक्ति संकेत। संकेत इशारा। बुझ्नेका लागि इशारा ! नबुझ्नेलाई भारी’ कुम्ल्याउनै कठिन। कठिनाईका समाधान अभ्यास ! अभ्यास आजिती बिनाका मिहेनत। मिहेनत सत्यमोहनका जीवनदायी यात्रा ! सत्यमोहनका विसर्जन पछिका युगौं सम्वाहक– शब्दविम्वमा सत्यमोहन। गोपीकृष्ण सम्पादित ग्रन्थ !
घतलाग्दा रचना गर्भधारित ग्रन्थ ! आयामिक चेतभरिका चेतनाधारी रचना कुम्ल्याइएका। एक रचना पढ्यो आकर्षक। चित्ताकर्षक रचनाले उजागर गर्दा रैछन्। एउटा रचनाले उमङ्ग भर्छ। पढुँ पढुँ लाग्छ। मन नअतालिँदो। अनुरागका राग लम्बिँदो ! शब्द बिम्ब खचिएका छन् खचाखच। अनुरागी बनेछु। बैराग बिरानिश कताकता। रतन भण्डारी समीक्षक। समीक्षक अनुसन्धनमुखी बन्छ। अनुसन्धानमा अथक परिश्रमी। खोज निचोडमा नपुगुञ्जेल विश्राम बिर्सन्छन्। रतनले थकान थाहा पाउन्न। त्यतिन्जेल जबसम्म सत्यमोहन नेपाली होइनन्– मेजर जर्नेल मृगेन्द्र सम्शेर, तारामान सिंह स्वार, प्राध्यापक साम्बदेव पाण्डे पुगेथे अष्ट्रेलियाको ल्यापस्टन। मृगेन्द्र सम्शेर, तारामान सिंह स्वार, प्राध्यापक साम्बदेब त मेरा गुरु नै त्रि–चन्द्र कलेजमा।
शब्दबिम्बमा सत्यमोहन प्रसङ्ग। रतन भण्डारीका खोज–विश्लेषण। चर्चा गर्दै यतातिर जोडिएँ। ग्रन्थ आफैं विश्लेषण योग्य ‘लोकसाहित्यको उज्यालो’। मनग्य आनन्द ग्रहण गरें। व्यक्तिका सृजनशील रचनाले अनुप्राणित ! ग्रहणशील अनुभूतिका सङ्गम ! त्रिवेणी– मोक्षदायिनी सङ्गम। पवित्र जलाधार धाम। मस्तिकका घाम ! उजेलिन्छ, महकिन्छ, चहकिन्छ हरपल। अन्धकार नासक राँको– शब्दविम्वमा सत्वहोम सत्यमोहन ! एलेन इन्डिसले मौखिक–अमौखिक लोकवार्ता भन्दै गर्दा युनेस्कोले लोकवार्तालाई अमूर्त सम्पदामा समावेश गरेको रोचक अनि ज्ञानबद्र्धक माने ठानें। सरस्वती प्रतीक्षा– सप्रसङ्ग उल्लेख गर्छिन्: मेरा साना दु:खले आज्र्याको मुलुक होइन भने किन्तु, सत्यमोहन जोशी एक व्यक्तिको भोगाइबाट युग दर्शाउने चलचित्र किताब हो। यसले ग्रन्थको गरिमा वृद्धि भएको ठानें। शैलीगत अभिव्यक्तिलाई महत्व अर्पें। लेखन वृत्तिको महत्ता अभिव्यक्ति सिप ठानें। मानें। निष्फिक्र– निर्धक्क।
शब्दविम्वमा सत्यमोहनका सम्पादक गोपीकृष्ण ढुंगाना बन्धकका बन्धनमा थुनिएनन्। स्वविवेक प्रयुक्त गर्छन्। गरेका छन् नै। विवेक ब्रह्म प्रयोगकर्ता संयोजक बन्छ। दसी प्रमाण ग्रन्थका नामकरणबाटै श्रीगणेश हुन्छ। भएका छन् मनग्य। स्वबिबेक प्रयुक्त गरेर। ‘शब्दविश्वमा सत्यमोहन’– असतोमा सद्गमय ! देखाएका छन्। दिशाबोधक अनि मार्गदर्शक पनि। सम्पादक ढुंगाना भन्छन्, ‘‘सङ्घर्षले सत्यमोहनलाई धेरै सिकायो, सत्यमोहनले सबैलाई संघर्ष सिकाए। जसरी बग्छ पानी त्यसरी नै बगे ‘सत्यमोहन’ पनि सार्वभौम बनेर।’’ मर्मस्पर्शी शब्द संयोजन ! शब्द संयोजनबाट भाव विन्याश ! भएको छ यही ! आनन्दी लहर लहराउँछ। शतोका श्रोत ! बन्छ, बनेका छन् ! यही त हो– आनन्दी लहर लहराउँदो अनुभूति चाख्दछु ! शब्द ब्रम्ह झझल्किएको अनुभूत हुन थाल्छ– भित्रभित्रैबाट।
सत्यमोहनसित सम्मोहनको मोह चुर्लुम्म चुर्लुम्मिएका प्राणी बनेर। सरोबरमा मत्स्यतुल्य ! सरोबरका माछा माछा पोखरीका ब्यास– लम्बाई नाप्दै चुल्बुलाउँछन्। चुल्बुलाउँदै गहिराईसम्मै डुबुल्किन्छन्। ‘शब्दबिम्बमा सत्यमोहन’ पुस्तक नाम संयोजनको सार्थकता– खण्डखण्डमा खण्डीकरण हुनुमा पाएँ। १. लेख खण्ड २. सम्पादकीय खण्ड ३. अन्तर्वार्ता खण्ड ४. परिशिष्ट खण्ड ५. समाचार खण्ड ६. कविता खण्ड। अन्तत: सत्यमोहन जोशीका केही मुख्य कृति ! नेपाली– नेपाल भाषाका उज्वल वाङ्मय पुरुष सत्यमोहन जोशीप्रति श्रद्धा सुमन ! अर्पण–तर्पण।