डडेल्धुरामा जुवातास खेलिरहेका ६ जना पक्राउ
डडेल्धुरा : पर्शुराम नगरपालिका-४ मा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका छन्। टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा ५२ वर्षीय करन देब ओझासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो। प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।