प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेट

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  चिनियाँ राष्ट्रपति सी चीनफिङबीच भेट भएको छ। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीलाई भेटेका हुन्। null

चीनको हाङ्चौ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए। 

प्रधानमन्त्री दाहाल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउने छन्। बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्ने छन्। 

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट चीन गएका हुन्। १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आजबाट औपचारिक रुपमा चीनको हाङ्चाओ सहरमा सुरु हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.